थारु अधिकारको लडाइँमा साथ दिन दाङका युवाले खाए शपथ
थारु युवा स्यवंसेवकको दाङ समिति गठन भएको छ। दाङको त्रिपुरा नगरपालिका नाराणयपुरमा आयोजित जिल्ला भेलाले राजेश चौधरीको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति गठन गरेको हो। समितिको उपाध्यक्षमा नविन चौधरी, सचिवमा खोम चौधरी, सहसचिवमा सुलोचन चौधरी र कोषाध्यक्षमा उर्मिला चौधरी छन्।
त्यस्तै भेलाले त्रिपुरा नगरसमिति पनि गठन गरेको छ। भेलाले धनिराम चौधरीको अध्यक्षमा २८ सदस्यीय कार्यसमिति बनाएको हो। समितिको उपाध्यक्षमा हिमाल चौधरी, प्रमोद चौधरी र प्रवीण चौधरी छन्। सचिवमा पूर्ण चौधरी, सहसचिव सुनिल चौधरी र कोषाध्यक्षमा कमल चौधरी छन्।
कार्यक्रम थारु युवा स्वंयसेवकका केन्द्रीय संयोजक महावीर चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा मानवीर चौधरीको पनि उपस्थिति थियो।
युवाहरु नै भोलिका कर्णधार रहेको बताउँदै महावीर चौधरीले अधिकारको लडाइँमा सबै युवाहरु एकजुट हुनुपर्ने बताए। उनले जारी थारु आन्दोलनमा सबै युवाहरु आ-आफ्नो स्थानबाट जाग्नुपर्ने बताए। उनका अनुसार युवाहरुले थारु समुदायको हकहितका लागि सधैं अग्रसर रहने भन्दै शपथ खाएका थिए।
थारुवानसँग कुरा गर्दै चौधरीले छिट्टै नै नवलपरासी, रुपन्देही र कपिलवस्तुमा युवाहरुको जिल्ला भेला गराइनेछ। सोपश्चात थरुहट प्रदेशमा युवाहरुको विशाल शक्ति प्रदर्शन हुने उनले बताए।
Facebook Comment