राजधानीबासी थारुले मनाए गुरही पर्व

राजधानीबासी थारुहरुले गुरही पर्व मनाएका छन्। शनिबार त्रिभुवन विश्वविद्यालयमा पश्चिमी थारुहरुले गुरही पर्व मनाएका हुन्। कार्यक्रममा गुरही पर्वको महत्व र यो पर्व थारुहरुले किन मनाउँछन् भन्नेबारे सहभागीहरुले प्रकाश पनि पारेका थिए।

यो पर्व नागपञ्चमीका दिन मनाएपनि राजधानीबासी थारुहरुले एकदिनअघि नै यो पर्व मनाएका छन्। कार्यक्रममा फोरम लोकतान्त्रिकका सांसद जनकराज चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। प्रमुख अतिथि चौधरीले अन्य सहभागीसँगै गुरहीलाई पिट्ने कार्यक्रममा सहभागी पनि बने।

Tharu Festive Gurahi celebration at kathmandu 01गुरहीलाई किन पिट्छन्?

कसैले ती पुतलालाई गुरही (गाइने किरा) मानी पिट्ने गर्छन् भने कसैले ती पुतला (गुडिया, गुरिया) लाई बहिनीका अवगुण मानी पिट्ने गर्छन् । पुतला पिट्ने सोंटा, कोर्रा रारा र मूँज (ढकिया बनाउँदा प्रयोग गरिने सामाग्री)को प्रयोगले बनाइएको हुन्छ ।

ठूला केटा वा पुरुषले सोंटासँग खासै सरोकार राख्दैनन्, उनीहरु गुरही (गुरीया) पिट्दा सामान्य लट्ठी, केराका हरियो डाँठले पनि पिट्ने गर्छन् ।साँझपख, सूर्यास्त हुने बेलातिर केटीहरु, महिलाहरु गुडिया (गुरीया) र घुघरी लिईआफ्नो भेषभूषामा सजिएर चौबाटो÷चौराहामा पुग्छन् । केटाहरु, पुरुषहरु पनि आफ्नो भेषभूषामा सोंटा, कोर्रा, लट्ठी लिई चौराहा (चौबाटो) पुग्छन् । गुरुवाले कुश राखी, मकैको भुजा, दारु, घुघरी चढाई पुजा गरिसकेपछि जम्मा भएका केटीहरु, महिलाहरु गुरही (गुरिया) चौराहामा फाल्छन् र केटाहरु, पुरुषहरु सोंटा, कोर्रा, लट्ठीले पिट्छन् ।

Tharu Festive Gurahi celebration at kathmandu 03केटीहरु गुरही (गुरिया) फाल्ने बेला र केटाहरु पिट्ने बेलामा रोग ब्याध नलागोस्, आफूमा भएको अवगुण जाओस् भनी कामना गर्छन् । पिटिसकेपछि केटा वा पुरुषले केटी वा महिलासँग घुघरी माग्छन् र प्रसादस्वरुप ग्रहण गर्छन् । कतिपय गाउँमा पिटिएका यी गुरही (गुरिया) सडकमै चौराहामै छोडेर हिंड्छन् भने कतिपय गाउँमा बाजागाजाका साथ नदीमा सेलाउन पनि जाने गर्दछन् । यो पर्व साना बालबालिकाहरुको सहभागिताबिना अपूर्ण मानिन्छ । त्यसैले गुरही (गुरिया) पर्वमा बालबालिकाहरुलाईसहभागी गराउनु अभिभावकहरु आफ्नो कर्तव्य ठान्छन् । कतिपय अभिभावकहरु साना बालबालिकाहरुलाई बोकेरै सहभागी पनि गराउने गर्छन् । गुरही-गुरीया पिटिसकेपछि पिटेको सोंटा, कोर्रा, लट्ठीलाई ल्याएर मानिसहरु गोठमा वा घरमा राख्ने गर्न् । यसो गर्यो भने दुःख, कष्ट, रोग, ब्याध लाग्दैन। भूत, प्रेत, पिसाचको प्रभाव पर्दैन र घरपरिवारमा सुख, शान्ति हुन्छ भन्ने जनविश्वास छ ।Tharu Festive Gurahi celebration at kathmandu 02

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *