थारु भाषाको कथा संग्रह ‘सँप रजुवा’ सार्वजनिक

लामो समय शिक्षण पेशामा बिताएकी नेपालगञ्ज उपमहानगरपालिका–१२ की किरण आचार्यको तेस्रो कृति सँप रजुवाको सार्वजनिक भएको छ।
थारु भाषामा लिखित सँप रजुवा (बट्कुही संग्रह–२०७७) सोमबार सार्वजनिक गरिएको हो। यसअघि उनको लघु कविता संग्रह–२०६१ र अस्तित्व (लघु कविता संग्रह–२०६५) प्रकाशित भएको छ। सँप रजुवा कथा संग्रहमा थारु समुदायमा प्रचलित पुराना कथा (बट्कोही) समेटिएका छन्।
थारु समुदायको तस्वीर झल्किने गरी कथा लेखिएको बताउँदै उनले कथाले सकारात्मक सन्देश दिनुका साथै ज्ञानवरद्धक समेत भएको बताइन्। बाँके, बर्दिया र दाङका थारु गाउँमा गएर कथा संकलन गरिएको लेखिका आचार्यले बताइन्। थारु समुदायको बास्तविक तस्बिर झल्किने गरी कथा लेख्ने प्रयास गरिएको उनले बताइन्।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव सतनकुमार रेग्मीले आचार्यले प्रकाशनमा ल्याएको कथा संग्रहले साहित्यमा एउटा नयाँ आयाम थपेको बताए। उनले समाजमा लुकेर रहेका कथाले समाुदायको तस्बिर झल्काउने बताउँदै वास्तविक साहित्य गाउँमा जीवित रहेको धारणा राखे।
Facebook Comment