देउखुरी थारु, मगर र मधेसी समुदायको सभ्यताको संगम हो : मुख्यमन्त्री पोखरेल

काठमाडौं- प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको स्थायी राजधानीका रुपमा प्रस्ताव गरिएको देउखुरी क्षेत्रले प्रदेशकै साझा मनोविज्ञको प्रतिनिधित्व गर्ने बताएका छन्।
सरकारले प्रदेशसभामा पेस गरेको प्रस्तावमाथि मतदान हुनुअघि प्रदेश सभालाई मंगलबार सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन्।
‘हामीले राजधानी तय गरेको ठाउँ यो प्रदेशको सबैभन्दा ठूलो नदी सम्भयता भएको क्षेत्र हो,’ उनले भने, ‘त्यो राप्ती नदी हो। यो नदीले दुईवटा आञ्चलिक मनोविज्ञानलाई जोड्छ।’
देउखुरी क्षेत्रले प्रदेशभित्र रहेका जातीय समुदायको सभ्यतालाई पनि प्रतिनिधित्व गर्ने बताउँदै पोखरलले भने, ‘थारु, मगर र मधेसी समुदायको सभ्यताको संगमका रुपमा देउखुरी हो। कुनै एउटा भेगको मात्रै त्यसले प्रतिनिधित्व गर्दैन। यो प्रदेशको साझा मनोविज्ञान त्यसले प्रतिनिधित्व गर्छ।’
Facebook Comment