यसकारण थारुहरु धानका बालाहरुको विभिन्न आकृति बनाइ घरमा झुन्ड्याउँछन्

थारु समुदायको मूल पेसा कृषि हो। कृषि पेसा अंगाल्ने थारुहरु पर्यावरणीयमा पनि विशेष ध्यान दिने गर्छन्।
धानबाली भित्र्याएसँगै थारु समुदायको गज्जबको चलन भनेको धानका बालाहरुको विभिन्न आकृति बनाई घरमा झुन्ड्याउनु पनि हो।
पशुपंछीका लागि आहारविहारको व्यवस्था गरिदिन थारुहरुले धानका बालाहरुको विभिन्न आकृति झुन्ड्याउने गरेको थारु सँस्कृतिविद् एवं लेखक हृदयनारायण चौधरीले जानकारी दिए।
उनका अनुसार थारुहरु आफ्ना लागिमात्र नभएर आफ्ना बासस्थान वरपर रहेका चराचुरुङ्गीहरुका लागि आहारविहारको व्यवस्था गर्न धानका विभिन्न आकृति बनाउने गर्छन्। यसले घरको शोभा पनि बढाउने र उनीहरुका लागि भोजन पनि हुने विश्वास थारुहरुमा रहिआएको उनले बताए।
हेर्नुस् बर्दियाका पत्रकार मेनका चौधरीले खिचेका तस्बिर
Ati sundar