थारुहरुको नयाँ वर्ष माघीमा सार्वजनिक विदा दिने सरकारको निर्णय

थारुहरुको नयाँ वर्ष अर्थात् माघी पर्वमा सरकारले विदा दिने निर्णय गरेको छ। यसअघि स्थानीय तह र प्रादेशिक सरकारले थारु बाहुल्य क्षेत्रमा विदा दिँदै आएको थियो।
यसवर्ष संघीय सरकारले पनि माघ १ गते माघीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले माघीको दिन विदा दिने निर्णय गरेको हो।
राष्ट्रियसभामामा सम्बोधन गर्दै आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले बिदा दिने निर्णय भएको बताएका थिए।
Facebook Comment