यस वर्ष तमु बौद्ध सेवा समाजको भवनमा माघी महोत्सव मनाइने

यस वर्षको माघी महोत्सव काठमाडौंको अनामनगरस्थित तमु बौद्ध सेवा समाजको भवनमा हुने भएको छ। कोरोना महामारीका कारण टुडिखेलमा महोत्सव आयोजना हुन नसकेपछि तमु बौद्ध सेवा समाजको भवनमा महोत्सव मनाउने निर्णय भएको थारु राष्ट्रिय माघी महोत्सव आयोजक समितिले जानकारी दिएको छ।
आयोजक माघी महोत्सवको निरन्तरता दिनका लागि सानो हलमा भए पनि गर्ने निर्णय गरेको थारु कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल चौधरीले जानकारी दिए। महोत्सवमा थारु परिकारका केही स्टलसमेत राखिने बताइएको छ।
महोत्सवमा साँस्कृति झाँकीदेखि थारु कलाकारहरुले विभिन्न प्रस्तुतीसमेत रहने बताइएको छ। तर महोत्वमा को को अतिथि आउने भन्नेबारे टुंगो लागिनसकेको आयोजकले जनाएको छ।
Facebook Comment