पोखराका थारुहरुले मनाए माघी पर्व

थारु नयाँ वर्षको अवसरमा पोखराका थारुहरुले माघी पर्व मनाएका छन्। थारु समाजले कास्कीको पामेमा आयोजना गरेको कार्यक्रममा पोखरा र आसपासका करिब दुई सय जना सहभागी थिए।
कोरोना महामाकारीका कारण कास्की प्रशासन तथा पोखरा महानगरपालिकाले महोत्सव गर्न नदिएपछि यहाँका थारुहरुले पिकनिकका रुपमा माघी महोत्सव मनाएका हुन्।
विभिन्न पेसा र पढाइको सिलसिलामा पोखरा आएकाहरु पिकनिकमा सहभागी रहेको थारु समाजका अध्यक्ष विजेन्द्र चौधरीले जानकारी दिए।
उनका अनुसार यहाँ रहेका थारुहरुलाई संगठित गरेर पर्यटकीय नगरी पोखरामा थारु पहिचानलाई प्रवर्द्धन गर्न उद्देश्यले माघी महोत्सव आयोजना गर्न थालिएको हो। त्यही उद्देश्यले थारु समाजले गत वर्षदेखि माघी महोत्सव आयोजना गर्दै आएको छ।
समाजले थारुहरुको जितिया पर्व पनि मनाउँदै आएको छ। पोखराका विभिन्न संघ संगठनहरुले आयोजना गर्ने कार्यक्रमहरुमा पनि समाज सक्रियरुपमा सहभागी बन्दै आएको छ।
थारु समाजमा तराईका सम्पूर्ण जिल्लाका थारुहरुको सहभागिता रहेको छ।
थारु समाजका अध्यक्ष विजेन्द्र चौधरीसँग पत्रकार मदन चौधरी।
Facebook Comment