भोलि काठमाडौंको अनामनगरमा माघी आयोजना हुँदै

सरकारले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै मेला महोत्सवमा रोक लगाएपछि काठमाडौंको टुडिखेलमा हुने भनिएको थारु माघी महवत्सव स्थगित भएको छ। थारु कल्याणकारिणी सभासहित थारु सम्बद्ध संघसंस्थाहरुको संयुक्त आयोजना काठमाडौंको टुडिखेलमा महोत्सव आयोजना हुँदै आएको थियो। तर कोरोना महामारिका कारण पछिल्लो दुई वर्षदेखि माघी महोत्व आयोजना हुन सकेको छैन।
सरकारले महोत्सवमा रोक लगाए पनि एउटा हलमा भए पनि माघी महोत्सव आयवजना हुने आयोजकले जनाएको छ। मूल आयोजक समितिका आर्थिक समितका संयोजक चन्द्रप्रसाद चौधरीले यस वर्ष पनि अनामनगरस्थित तमु बौद्ध सेवा समितिको सभाहलमा माघी महोत्सव आयोजना हुने बताए। उनले निरन्तरता दिनका लागिमात्रै गतवर्षजस्तै सानो माघी महोत्व आयोजना हुने बताए।
महोत्सव थारु परिकारका केही स्टलहरु समेत राखिने उनले बताए। त्यसका साथै थारु झाँकी प्रस्तुत गरिने उनले बताए। ‘माघी महोत्सव निरन्तरता दिनका लागि मात्रै हामीले सानोतिनो भए पनि आयोजना गर्न लागेका छौं। महोत्सव मनाउँदा हामीले कोरोनाको प्रोटोकल पालनासमेत गर्नेछौं,’ उनले भने।
अघिल्ला वर्षहरुमा माघी महोत्सवको प्रमुख अतिथि प्रधानमन्त्री हुने गर्थे। तर यस वर्ष प्रमुख अतिथिको विषयमा अझै टुंगो नलागेको उनले बताए। ‘प्रमुख अतिथिको विषयमा अझै टुंगो लागेको छैन। कोही न कोही थारु पदाधिकारीहरुबाट उद्घाछन हुन्छ,’ उनले भने।
थारुहरुले नयाँ वर्षको रुपमा मनाउने माघी तराईका जिल्लाहरुमा धुमधामले मनाउने गरिन्छ। कोरोना संक्रमण नहुँदो हो त यतिबेला प्रत्येक जिल्लामा माघी महोत्सव आयोजना भइरहेका हुन्थ्यो। तर सरकारले मेला महोत्सवमा रोक लगाएपछि पूर्व निर्धारित कार्यक्रमहरु पनि स्थगित भएको थारु संघसंस्थाहरुले जनाएका छन्।
Facebook Comment