एसईई र प्लस टूमा सर्वाधिक अंक ल्याउनेलाई थारू विद्यार्थी समाजले सम्मान गर्दै

थारू विद्यार्थी समाजले एसईई र प्लस टू परीक्षामा राम्रो अंक ल्याई उत्तीर्ण भएका विद्यार्थीहरूलाई सम्मान गर्ने भएको छ। एसईई मा ‘ए’ र प्लस टूमा ‘ए प्लस’ ल्याउने विद्यार्थीलाई समाजले सम्मान गर्न लागेको हो।

भदौ १६ गते काठमाडौंको हार्दिक होटेलमा सम्मान कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष चन्द्रप्रसाद चौधरीले जानकारी दिए। त्यसका लागि विद्यार्थीहरूले भदौ १३ गतेभित्र मार्कसिटसहित सम्पर्क गर्नुपर्ने अध्यक्ष चौधरीको भनाइ छ।

‘थारू विद्यार्थी समाजको २८औं स्थापना दिवसको अवसरमा आयोजित प्रत्येक वर्ष भै २०७९ सालको SEE परिक्षामा ग्रेड प्वाइन्ट ३.२ (A) वा सो भन्दा बढी ग्रेड प्राप्त गरी पास गर्नुहुने नेपाल भरिका सम्पूर्ण थारू विद्यार्थीहरूलाई सम्मानित गरिने छ । साथै २०८० सालमा +2 तर्फ सर्वाधिक अंक (A + ) ल्याई उत्तिर्ण भएका सरकारी विद्यालयका (१ छात्रा र १ छात्र ) गरी २ जना र निजी विद्यालय तर्फ (१ छात्रा र १ छात्र ) गरी २ जना जम्मा ४ जना विद्यार्थीहरूलाई हार्दिक बधाई सहित विशेष पुरस्कारबाट सम्मानित गरिने छ । सो सम्मान प्राप्त गर्नका लागि २०८० भाद्र १३ गते भित्र मार्कसिटको प्रतिलिपि सहित आफ्नो सम्पर्क नम्बर थारू विद्यार्थी समाज केन्द्रीय कार्यसमिति बागबजारमा पठाईसक्नु पर्ने छ,’ सूचनामा भनिएको छ।

त्यस्तै थारू विद्यार्थी समाजको स्थापना दिवकसको अवसरमा तराईका विभिन्न जिल्लामा विविध कार्यक्रम आयोजना गरिएको छ। अध्यक्ष चौधरीका अनुसार मोरङ, सुनसरी, सप्तरी, सिरहा, नवलपुर, परासी, दाङ र कैलालीमा कार्यक्रमा आयोजना गरी स्थापना दिवस मनाइने छ।




One thought on “एसईई र प्लस टूमा सर्वाधिक अंक ल्याउनेलाई थारू विद्यार्थी समाजले सम्मान गर्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *