प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई ललितपुरमा आलिशान आवास
ललितपुरको भैंसेपाटीमा सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको आवासको निर्माण पूरा भएर आइतबार हस्तान्तरण गरिएको छ। ठेक्का भएको चार वर्षमा आवास निर्माण सम्पन्न भएको हो । हाल अपार्टमेन्टमा बस्दै आएका मुख्यमन्त्री र प्रदेश प्रमुख अब भैंसीपाटी आवासमा बस्ने छन्।
विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका प्रमुख आयोजना निर्देशक मचाकाजी महर्जनले सोमबारबाट मुख्यमन्त्री र प्रदेश प्रमुखहरु सरकारी आवासमा सर्ने बताए । हिले उनीहरुको बासस्थानको व्यवस्थापन संघीय सरकारले गर्दै आएको थियो।
भवन बनाएर मुख्यमन्त्री र प्रदेश प्रमुखलाई हस्तान्तरण गरिएकाले अब बासस्थानको व्यवस्थापन सम्बन्धित प्रदेशहरुले नै हेर्ने सहरी विकास मन्त्रालयका प्रवक्ता एवं सहसचिव प्रदीप परियारले बताए।
सैंबु आवास क्षेत्रको २७ रोपनी १२ आना जमिनमा एउटै आवास क्षेत्रभित्र ७ वटा ठूला भवनहरु बनाइएको हो। सरकारले औसत एउटा भवन निर्माण गर्न जग्गाको मूल्यबाहेक करिब साढे १२ करोड रुपैयाँ खर्च गरेको छ। सबै भवनहरुको लागत करिब ८५ करोड रुपैयाँ हो।
Facebook Comment