थारू विद्यार्थी समाजको स्थापना दिवसमा थारू विद्यार्थीहरू सम्मानित

थारू विद्यार्थी समाजले स्थापना दिवसको अवसरमा थारू विद्यार्थीहरूलाई सम्मान गरेको छ। एसईई, प्लस टुलगायत विभिन्न क्षेत्रमा उपाधि हासिल गर्ने थारू विद्यार्थीहरूलाई समाजले शनिबार सम्मान गरेको हो। थारू विद्यार्थी समाजका अध्यक्ष चन्द्र प्रसाद चौधरीका अनुसार २०७९ को एसईईमा उत्कृष्ट नतीजा ल्याने १३८ जनालाई सम्मान गरेको हो। जसमा ४ जीपीए ल्याउने जिनिफर चौधरीलाई पाँच हजार नगदसहित सम्मान गरिएको थियो।

त्यस्तै प्‍लस टूतर्फ उत्कृष्ट नतीजा ल्याउने ल्याउने ३९ जना थारू विद्यार्थीहरू सम्मानित भए। जसमा ३.८१ जीपीए ल्याउने रोदनसिंह चौधरी ५ हजार नगदसहित सम्मानित भइन्।

त्यस्तै लोकसेवाअन्तर्गतको सरकारी वकिलमा नाम निकाल्न सफल चार जना सम्मानित भए। जसमा उमेशबिजश्री चौधरी, ज्योति चौधरी, पूजा चौधरी र विष्णु चौधरी छन्। चार्टर्ड एकाउन्टेन्सीतर्फ उत्तीर्ण अंगिता चौधरी र लोकसेवाअन्तर्गत तथ्यांक अधिकृतमा नाम निकाल्न सफल कृतिका चौधरी पनि सम्मानित भएका थिए।

नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका अध्यक्षसमेमत रहेका चन्द्रप्रसाद चौधरीले थारू विद्यार्थीहरूलाई हौसला प्रदान गर्न सम्मान गरेको बताए। उनले थारू विद्यार्थी समाजले हरेक स्थापना दिवसमा विद्यार्थीहरूलाई सम्मान गर्दै आएको बताए। उनले कार्यक्रम आयोजना गर्न साथ दिने सबैलाई धन्यवादसमेत दिए।

थारू आयोगका सदस्य एवं समाजका पूर्व केन्द्रीय सदस्य शान्ति मोदीले पाँच वर्षसम्म जनही दस हजार मेधावी थारू विद्यार्थीलाई हौसलास्वरुप प्रदान गर्ने अध्यक्ष चौधरीले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *