सौर्य एयरलाइन्स दुर्घटना पोखरा विमानस्थलमा चिनियाँ ऋण जाल प्रमुख कारण !
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएको घटना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आम्दानी बढाउने वित्तीय दबाबका कारण भएको आरोप लागेको छ।
उक्त जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ह्यांगरमा मर्मत गर्न सकिन्थयो। अहिले उक्त ह्यांगर खाली पनि रहेको विमानस्थल प्रशासनले जानकारी दिएको छ। त्यसका बावजुद पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ह्यांगरमा पठाइयो। जसलाई पोखरा विमानस्थलको लागि राजस्व आर्जनका निम्ति पठाइएको विषय चर्चामा आएको छ।
लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सर्वेन्द्रनाथ शुक्लाले लामो समयदेखि ग्राउन्डेड जहाज प्राविधिक रुपमा ठीक छ वा छैन भन्ने जाँच नगरीकन उडान अनुमति दिनु गम्भीर गल्ती भएको बताएका छन्।
कतिपयले त चिनियाँ ऋणको भुक्तानीका लागि राजस्व उठाउन सौर्य एयरलायन्सको विमानलाई पोखरा विमानस्थलमा पठाइएको तर्कसमेत गरेका छन्। ‘विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै सर्भिसिङ गरिएको भए, दुर्घटना टाल्न सकिन्थ्यो,’ सुक्लाले संसदमै भने।
शुक्लाले पोखरामा सुविधाहरूको उपलब्धताका बाबजुद पनि काठमाडौंमै मर्मत गर्नुको सट्टा राजस्व आर्जनका लागि गरिएको प्रयासले नेपालको हवाई क्षेत्रमा वित्तीय दबाबले निर्णय लिने प्रक्रियामा असर पारिरहेको संकेत गरे।
संसदमा आज गरिएको यो वक्तव्यले दुर्घटना अनुसन्धान जारी रहँदा, हवाई उद्योगमा वित्तीय विचारहरूको सट्टा सुरक्षा प्राथमिकतामा ध्यान दिन आवश्यकताको महत्त्वपूर्ण सन्देश दिएको छ। उनले भने, ‘नेपालको हवाई सुरक्षासम्बन्धी गम्भीर प्रश्न उठेको छ। महिनौंदेखि बिग्रिएको विमान यत्तिकै पोखरा पठाइयो, काठमाडौंमा ह्यांगर खाली हुँदाहुँदै किन पोखरा पठाइयो? विमानस्थलमा ५०० मिटर विमान सार्दा पनि अनुमति लिनुपर्छ। यो क्यानको त्रुटि हो। यसमा गहन अध्ययन गरी दोषीलाई कारबाही गर्नुपर्छ।’
Facebook Comment