खोला अतिक्रमण गरी बनाइएका संरचना हटाउन धनगढी उपमहानगरको निर्देशन
धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा खोलानाला अतिक्रमण गरी बनाइएका संरचना हटाउन निर्देशन दिएको छ । सार्वजनिक जग्गामा पानीको प्राकृतिक बहाव कायम गर्ने, हरियाली विकास गर्दै सडक र फुटपाथ निर्माण गरिने भन्दै उपमहानगरपालिकाले खोलानाला अतिक्रमण गरी बनाइएका संरचना हटाउन भनेको हो ।
सार्वजनिक सूचना जारी गर्दै उपमहानगरपालिकाले १ देखि ८ सम्मका सबै वडा र १३ नम्बर वडामा खोलानालाको अधिकार क्षेत्र र सेटव्याक रेखाङ्कन तथा सिमाङ्कन गर्ने कार्यक्रम रहेको जनाएको छ ।त्यसका लागि खोला र नाला अतिक्रमण गरी बनाइएका संरचना कात्तिक मसान्तभित्र हटाउन सम्बन्धितलाई आग्रह गरिएको छ ।
तोकिएको समयमा अतिक्रमण गरेर बनाइएका संरचना नहटाएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित कानुन बमोजिम कारवाही गर्ने समेत उपमहानगरपालिकाले चेतावनी दिएको छ ।
Facebook Comment