भगवती चौधरी बेलयतको अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवर्द्धनमा अतुलनीय योगदान पुर्‍याएकोमा समाजसेवी तथा आर्थिक सशक्तीकरणकी अभियन्ता सांसद भगवती चौधरी सम्मानित भएकी छन्।

बेलायतको वर्ल्ड बुक अफ रेकर्डले पूर्वमन्त्री समेत रहहेकी सांसद चौधरीलाई बेलायतको हाउस अफ कमन्स, बेलायती संसद् वेस्ट मिन्स्टरमा विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो। ‘समाजको उन्नतिको लागि लोकतान्त्रिक मूल्य र राष्ट्रिय अखण्डताको प्रवर्द्धनमा अतुलनीय योगदानको लागि’ सांसद चौधरीलाई सम्मानित गरिएको बताइएको छ। सांसद चौधरीलाई मङ्सिर १७ गते (२ डिसेम्बर) मा आयोजित कार्यक्रममा सम्मानित गरिएको हो।

सम्मानित भएपछि बोल्दै सांसद चौधरीले सामाजिक, आर्थिक क्षेत्र हुँदै राजनीतिमा आउँदा आफूले समाज रूपान्तरण र महिला उत्थानको उद्देश्यमा अग्रसर भएको बताइन्। मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक विकास र प्रवर्द्धनमा आफू सदैव सक्रिय भएर अगाडी बढ्ने बताउँदै सम्मानित हुन पाउँदा गौरवान्तिक भएको बताइन्।

२०७२ सालको संविधानले सबै खाले विभेदहरूको अन्त्य गरेको भए पनि समाजमा विभेदहरू रहेको जनाउँदै गरिबी, अशिक्षाका कारण सामाजिक, आर्थिक, राजनीतिक असमानता विद्यमान रहेको जिकिर गरे। ‘नेपालको नयाँ संविधानले सबै खाले विभेद र असमानतालाई अन्त्य गरेको भए पनि कार्यान्वयनको पाटो कमजोर बन्दा समाजमा अशिक्षा र गरिबीका कारण विभेदहरू छन्। परम्परागत, सांस्कृतिक विभेदहरू छन्। महिलाहरू आर्थिक क्षेत्रमा पछाडि परेका छन्। ती सबै विभेदहरूको अन्त्यको लागि सबैले आआफ्नो स्थानबाट काम गर्नुपर्छ,” मन्त्री चौधरीले भने। उनले सम्मान गर्ने संस्था वर्ल्ड बुक अफ रेकर्डलाई धन्यवाद दिँदै आउँदा दिनहरूमा पनि राजनीति र समाजसेवा मार्फत समाजरुपान्तरण र आर्थिक सशक्तीकरणमा लागि रहने बताइन्।

महिला आर्थिक सशक्तीकरणकी अभियन्ता समेत रहनु भएकी सांसद चौधरीले २०६४ सालको संविधान सभामा विज्ञ सदस्यका रूपमा रहेर संविधान लेखनमा समेत योगदान पुर्‍याइनी थिइन्। ३० वर्षदेखि लगातार महिला आर्थिक सशक्तीकरण, समाजसेवा गर्दै आइरहेकी चौधरी नेकपा एमालेको केन्द्रीय सदस्य छन्। उनले ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड नेपाल)मार्फत गाउँगाउँमा रहेका महिलाहरूलाई सामाजिक, सांस्कृतिक विभेदहरू विरुद्ध सचेतना फैलाउने कार्य गर्दै महिलालाई आर्थिक सशक्तीकरणमा जोड्दै आएकी छन्।

उनले गरिब, विपन्न र पछाडि परेका महिलाहरूको आर्थिक उन्नतिका लागि फरवार्ड माइक्रोफाइनान्स र फरवार्ड नेपालमार्फत लघुवित्त कार्यक्रम, वित्तीय साक्षरता, सीपमूलक तालिम लगायतमा काम गर्दै आएकी छ। हालः प्रतिनिधि सभा सदस्यका रूपमा संसदमा नेतृ चौधरीले सामाजिक, आर्थिक, वर्गीय विभेद र समतामूलक कानुन निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छन्।




2 thoughts on “भगवती चौधरी बेलयतको अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

  1. Mantrijyu, Tapainle Tharuharuko bastvik samasya ko samadhankolagi ladadai ayeko atti nai sarahniya kuro ho. World Book of Records bata sammanit hunu bhayeko ma ma atti nai gaurawanwit feel gareko chhu. Mero Hardik Badhai

Leave a Reply

Your email address will not be published. Required fields are marked *