भादामा थारू होमस्टे महोत्सव
विगतको वर्षमा झैँ चालू वर्षमा पनि कैलालीको धनगढी उपमहानगरपालिका-१६ स्थित भादा गाउँमा थारु होमस्टे महोत्सव आयोजना हुने भएको छ। थारु होमस्टे गाउँ भादाको प्रचारप्रसार एवम् प्रवर्द्धन गर्ने उद्देश्यका साथ पुस १७ देखि २१ गतेसम्म महोत्सव आयोजना हुने भएको हो।
आयोजक थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले विगतको वर्षमा झैँ यो वर्ष पनि महोत्सव आयोजनाको तयारी भइरहेको जानकारी दिए। शुक्रवार धनगढीमा पत्रकार सम्मेलन गर्दै समितिका अध्यक्ष चौधरीले थारु समुदायको संस्कृति, खानपान, भेसभुसा, सीपकला, प्राकृतिक सम्पदाको सदुपयोग एवम् जगेर्ना गर्ने उद्देश्यले हरेक वर्ष महोत्सव आयोजना गर्दै आएको बताए।
भादामा सन् २०११ बाट होमस्टे सञ्चालन हुँदै आएको छ। महोत्सवमा थारु खानपानका परिकार, थारु सीपकला तथा भेसभुसा, थारु देउथान अवलोकन,लहरुमा गाउँको अवलोकन,थारु सङ्ग्रहालयको अवलोकन,काठे पिङलगायत आकर्षणको रूपमा रहने जनाइएको छ।
Facebook Comment