लुम्बिनी प्रदेशबाट कसले टुक्र्याउन खोज्दैछ बाँके र बर्दियालाई?

लुम्बिनी प्रदेशबाट बर्दिया र बाँके जिल्लालाई कर्णाली प्रदेशमा गाभ्ने विषयले ठूलो बहस सिर्जना गरेको छ। बर्दिया र बाँकेमा बस्ने थारू जनप्रतिनिधिहरूले यस विषमा खुलेर विरोध गर्न थालेका छन्। पार्टीका ठूला नेतहरूले भित्रभित्रै बर्दिया र बाँकेलाई कार्णालीमा गाभ्ने कसरत गरिरहेको उनीहरूको आरोप छ।

शुक्रबार यसै विषयमा थारू कल्याणकारिण सभाको बर्दिया र बाँके कार्यसमितिले संयुक्तरूमा अन्तर्क्रिया गरेको थियो। बर्दियाको गुलरियामा सम्पन्न अन्तर्क्रियामा कांग्रेसका केन्द्रीय सदस्य डा. गोपाल दहित, थारू कल्याणकारणी सभाका महासचिव मिनराज थारू, नगर प्रमुखहरू दीपेश थारू, छबिलाल थरूलगायत जनप्रतिनिधि र थारू समुदायका अगुवाहरू सहभागी थिए।

उनीहरूले थरुहट भूगोललाई टुक्र्याए सशक्त आन्दोलन गर्ने निष्कर्ष निकालेका छन्। अन्तर्क्रियापछि थाकस बर्दिया र बाँकेले संयुक्तरूपमा ९ बुँदे अपील सार्वजनिक गरेका छन्। अपीलमा भनिएको छ, ‘थारूहरूको आदिम थातथलो थरूहट भूगोललाई छिन्न भिन्न पारी सामाजिक, राजनीतिक र आर्थिक रूपमा कमजोर बनाउन ६ प्रदेशमा खण्डीत पारेकोमा अब पुनः सातै टुक्रा बनाउने नेतृत्वदेखि सावधान रहन आमनागरिकमा हार्दिक अपील गर्दछौं।’

थाकसले प्रारम्भिक चरणको आन्दोलनको कार्यक्रम पनि सार्वजनिक गरेका छन्। जसमा सांसद र मेयरहरूलाई ज्ञापनपत्र बुझाउने, जनजागरण र भण्डाफोर अभियान सञ्चालन गर्ने, बर्दियाको गुलरिया र बाँकेको कोहलपुरमा विरोध सभा गर्ने, कर्णाली प्रदेशमा गाभ्ने पक्षधर सांसद र मेयरको कार्यक्रम बहिष्कार गर्ने र पहिचान, आत्मनिर्णयको अधिकार, स्वायत्त क्षेत्र, राष्ट्र (नेशन) लगायतका विषयमा अन्तरक्रिया कार्यक्रमहरू चरणवद्ध रूपमा गर्ने रहेका छन्।

संयुक्त अपीलमा थाकस बर्दियाका सभापति वीरबहादुर चौधरी र बाँकेका सभापति संगीता चौधरीले हस्ताक्षर गरेका छन्।

यस्ता छन् ९ बुँदे अपील

१. मूलवासी थारूहरूको पूर्खाहरूको हजारौ लाखौ वर्षसम्म रगत र पसिनाको जीवन मरनको वलिदानीले आर्जेको अहिलेको नेपालको थरूहट तराई भूगोल हो ।

२. पश्चिम कन्चनपुर देखि चितवनसम्म र पसदिली पूर्व झापासम्म दुईवटा थरुहट थारुवान प्रदेशका लागि सशक्त आन्दोलन गरेको थारू र यस भूगोलका पक्षधरहरूले अहिले पनि विर्षेका छैनन् । हाम्रा सहीदहरूको रगत ताजै छ ।

३. नेपालमा ७ प्रवेश बनाई रहँदा मूलवासी थारूहरूको थातथलो टुक्रामा पारेर क्षत विक्षेत पारेको घटनाले थरुहटका मूलवासीहरूको हृदयमा नराम्ररी चुभेको छ । कुनदिन बिष्फोट हुन्छ शासक वर्गको घाँटीमा घण्टी बाँधिएको छ ।

४. आजभोली पुनः बाँके र बर्दिया जिल्लालाई लुम्बिनी प्रवेशबाट टुक्र्याएर कर्णाली प्रदेशमा गाभ्ने षड्यन्त्रमा केही नेताहरू सुनियोजितरूपमा लागिपरेका छन् ।

५. यही बाँके र बर्दियाका बहुसंख्यक नागरिकको मतले जितेका केही सांसद र मेयरहरूले कर्णाली प्रदेशका नेताहरू संग अप्राकृतिक र अनैतिक सांठगाँठ गरी पुनः थारूहरूको पहिचान, आत्मसम्मान अधिकार विकास र न्यायमा कुठाराघात पार्नेगरी बर्दिया र बाँके जिल्लालाई कर्णाली प्रदेशमा गाभ्न जोडतोडले उद्धत रहेका छन् । यस किसिमको हर्कतले हामीलाई गम्भिर भएर सोचन बाध्य बनाएको छ ।

४. थारूहरूको आदिम थातथलो थरूहट भूगोललाई छिन्न भिन्न पारी सामाजिक, राजनीतिक र आर्थिक रूपमा कमजोर बनाउन ६ प्रदेशमा खण्डीत पारेकोमा अब पुनः सातै टुक्रा बनाउने नेतृत्वदेखी साबधान रहन आमनागरिकमा हार्दिक अपील गर्दछौ ।

७. बर्दिया र बाँके जिल्लालाई लुम्बिनी प्रवेशमै राख्ने कर्णाली प्रदेशमा राख्न नदिने यदी यस्तै सप्रयास गरेमा कैलाली र कन्चनपुर जिल्ला हुँदै चितवनसम्म थरूहट थारुवान प्रदेश बनाउन सशक्त आन्दोलन र बलिदानीको लागि तयार रहन जुझारू र न्यायप्रेमी आमजनसमुदाय समक्ष हार्दिक अपील गर्दछौ ।

८. जुन थालीमा भात खाने रजगज गर्ने, उसैमा छेद पार्न खोज्ने नेतृत्वको सदबुद्धी आओस होइन भने भिरबाट लड्न खोज्नेका लागि काँध थाप्ने अवस्था रहँदैन ।

८. आन्दोलनका प्रारम्भिक कार्यक्रम यसप्रकार रहेका छन् ।
क) ज्ञापन पत्र (सबै सांसद र मेयरहरूलाई जहाँ भेट्यो त्यही बुझाउने ।
ख) जनजागरण र भण्डाफोर अभियान (बर्दिया र बाँकेका सबै पालिकाहरूमा) गर्ने ।
ग) बर्दियाको गुलरिया र बाँकेको कोहलपुरमा विरोध सभा गर्ने । यस कार्यक्रम अन्य स्थानमा पनि चरणवद्ध गर्दै जाने ।
घ) बर्दिया र बाँके जिल्लालाई कर्णाली प्रदेशमा गाभ्ने पक्षधर सांसद र मेयरहरूको कार्यक्रम बहिष्कार गर्ने ।
ङ) पहिचान, आत्मनिर्णयको अधिकार, स्वायत्त क्षेत्र, राष्ट्र (नेशन) लगायतका विषयमा अन्तरक्रिया कार्यक्रमहरू चरणवद्ध रूपमा गर्ने ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *