च्याम्पियन बन्दै जनकपुरले जित्यो एक करोड १० लाख
नेपाल प्रिमियर लिग पहिलो सिजनको च्याम्पिन बन्दै जनकपुर बोल्ट्सले एक करोड १० लाख रुपैयाँ पाएका छन्। नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जनकपुरका कप्तान अनिल साह र आजको खेलका कप्तान आसिफ शेखलाई उक्त रकमको चेक हस्तान्तरण गरे।
त्यस्तै दोस्रो हुँदै सुदूपश्चिम रोयल्सले ५१ लाख, तेस्रो हुँदै कर्णाली याक्सले २५ लाख र चौथो हुँदै १५ लाख जितेको हो। त्यस्तै च्याम्पियन ट्रफी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रदान गरेका थिए।
Facebook Comment