भीम रावललाई सदस्यसमेत नरहनेगरी निष्कासित गर्ने एमालेको निर्णय

नेकपा एमालेले नेता भीम रावललाई पार्टीको सदस्यसमेत नरहनेगरी कारबाही गरेको छ। बुधबार बसेको एमालेको सचिवालय बैठकले संगठित सदस्यसमेत नरहनेगरी कारबाही गरेको उपमहासचिव प्रदीव ज्ञवालीले बताए। उनका अनुसार रावले पार्टीको निर्देशन नमानेर उल्टै पार्टीको हित विपरीत काम गर्दै आएका छन्।

‘पछिल्लो महाधिवेशनमा उहाँ अध्यक्षको उम्मेदवार बन्नुभयो। उपाध्यक्ष बन्न आग्रह गर्दा पनि मान्नुभएन। केन्द्रीय सदस्य पनि बन्नु भएन। सल्लाहकार दिए पनि जिम्मेवारी निर्वाह गर्नुभएन। त्यसैले उहाँलाई संगठित सदस्यबाट मुक्त गर्ने निर्णय पार्टीले गरेको हो,’ उपमहासचिव ज्ञवालीले भने।

त्यस्तै स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिनाका लागि जिम्मेवारी खोसेको छ। बुधबार बसेको एमालेको सचिवालय बैठकले चित्तबुझ्दो स्पष्टीकरण नदिएको भन्दै ६ महिनाका लागि जिम्मेवारी खोस्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए।

उनका अनुसार उनीहरूले पार्टी कार्यालय निर्माणका विषयमा पार्टीको नीति विपरीत सार्वजनिक टिप्पणी गरेका थिए। यसअघि उनीहरूसँग स्पष्टीकारण माग गरिए पनि चित्तबुझ्दो जवाफ नआएको उपमहासचिव ज्ञवालीले बताए। ‘केन्द्रीय कार्यालय भवन निर्माणको विषयमा उहाँहरूले पार्टीको नीतिविपरीत सार्वजनिकरूपमा टिप्पण दिनुभएको थिएन। उहाँहरूसँग स्पष्टीरण माग गरिए पनि चित्तबुझ्दो जवाफ नआएपछि जिम्मेवारीमुक्त गरिएको हो,’ उनले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *