जब चार जना थारू बालकहरू रातभरि बेपत्ता भए…

कैलालीको भजनी नगरपालिका-७ चर्राका ४ जना बालक बुधबार दिउँसो खेल्ने भन्दै घरबाट एकसाथ निस्किए। १२ वर्षीय नितेश चौधरी, १० वर्षीय सुनिल चौधरी, ९ वर्षीय अस्मित चौधरी र ११ वर्षीय यज्ञ चौधरी खेल्ने भन्दै घरबाट साइकलमा निस्किएका थिए। तर, उनीहरू राति साढे ९ बजेसम्म पनि घर फर्किएनन्।

खेल्न गएका बालकहरु राति अबेरसम्म पनि घर नफर्किएपछि उनीहरुका परिवारले प्रहरीलाई खबर गरे। इलाका प्रहरी कार्यालय भजनी, प्रहरी चौकी पृथ्वीपुरका १० जना प्रहरी र ३५ जना स्थानीयले रातभर उनीहरुको खोजी गरे। चारै जना कतै फेला नपरेपछि राति १ बजे खोजी कार्य स्थगित गरिएको थियो।

बिहीबार बिहानैदेखि उनीहरुको फेरि खोजी गर्न थालियो। खोजि गर्दै जाँदा चारै जना भजनी-९ को बिजुलियामा सकुशल फेला परे । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले सम्पर्कविहीन भएका चार जनामध्ये बिजुलियामा एक जनाको फूपुको घर रहेको र उनीहरु राति उतै गएर बसेका पाइएको बताए। उनकाअनुसार उनीहरु यज्ञको फूपु अस्मिता चौधरीको घरमा राति बसेको पाइएको छ । सकुशल भेटिएका बालकहरुलाई परिवारको जिम्मा लगाइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *