थारू विद्यार्थी समाजको महाधिवेशन फागुन २४ मा गर्ने निर्णय

थारू विद्यार्थी समाजको सातौं महाधिवेशन फागुनमा गर्ने निर्णय भएको छ। काठमाडौंमा सम्पन्न समाजको राष्ट्रिय भेलाले नवलपरासी (पूर्व)मा सातौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो। समाजका अध्यक्ष चन्द्र प्रसाद चौधरीका अनुसार फागुन २४, २५ र २६ गते महाधिवेशन आयोजना हुनेछ। महाधिवेशन नवलपरासीको डन्डामा हुने अध्यक्ष चौधरीले बताए।

महाधिवेशनको मिति तय भएसँगै नेतृत्वका लागि विद्यार्थीहरूले दौडधुप सुरू गरेका छन्। नेतृत्वका लागि थुप्रै आकांक्षी रहेको बताइएको छ।

थारू विद्यार्थी समाजको छैटौं महाधिवेशन काठमाडौंको कीर्तिपुमा भएको थियो। त्यसअघि चितवनको सौराहामा महाधिवेशन आयोजना गरिए पनि विवादका कारण स्थगित भएको थियो। कीर्तिपुर महाधिवेशनबाट सप्तरीका चन्द्रप्रसाद चौधरी अध्यक्षमा निर्वाचित भएका थिए।

समाजको छैटौं महाधिवेशनबाट चन्द्रप्रसाद चौधरीको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति चयन भएको थियो। जसको उपाध्यक्षमा विजय चौधरी (चितनव), ओमनारायण महतो (नवलपासी), ठाकुर करिया प्रधान (कैलाली), गीता थारु (कञ्चनपुर) र उपत्यकामा प्रभु चौधरी (सुनसरी) निर्विरोध निर्वाचित भएका थिए।

त्यस्तै महासचिवमा विकास चौधरी (बारा), सचिवमा रोशन चौधरी (दाङ), अजय चौधरी (सुनसरी), प्रेमा चौधरी (कैलाली) र कोषाध्यक्षमा सीताराम चौधरी (बर्दिया) निर्वाचित भएका थिए।

केन्द्रीय सदस्यको खुला (पुरुष)मा भने मतदान गर्नुपरेको थियो। मतदानबाट दीपक चौधरी (कैलाली) चन्द्रप्रकाश चौधरी (सप्तरी) रिकमान चौधरी (बर्दिया) र ज्ञानेन्द्र चौधरी (दाङ) विजयी भएका थिए। चार जनाका लागि दस जनाको उम्मेदवारी परेको थियो।

त्यस्तै खुला महिलामा चार जना र ८ वटा विशेष क्षेत्र गरी छैटौं महाधिवेशनले ३३ सदस्यीय केन्द्रीय समिति गठन गरेको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *