कैलाली माओवादीको १३ पालिकामध्ये ४ मा मात्रै थारू नेतृत्व
नेकपा माओवादी केन्द्रले कैलालीको १३ वटै पालिकामा पालिकास्तरीय नयाँ कार्यसमिति चयन गरेको छ। सो पार्टीको पालिकास्तरीय सम्मेलनबाट नयाँ कार्य समिति चयन गरिएको हो। माओवादीले दिएको जानकारी अनुसार धनगढी उपमहानगरपालिकाको नगर कार्य समिति अध्यक्षमा बलबहादुर ऐर ‘बाली’ निर्वाचित भए।
त्यस्तै गोदावरीमा तिलक चौधरी, गौरीगङ्गामा राजकुमार थारू, घोडाघोडीमा कर्ण बोहरा, लम्कीचुहामा, कमलबहादुर भुल, टीकापुरमा धनसिंह साउँद, भजनीमा जगत विक, मोहन्यालमा देवीदत्त उपाध्यया, कैलारीमा बतासु थारू, बर्दगोरियामा रामकृष्ण डङ्गौरा थारू, जानकीमा कृष्ण सोडारी, चुरेमा ठाडा मगर र जोशीपुरमा दीर्घ विनाडी निर्वाचित भए।
थारू बाहुल्य रहेको कैलालीका अधिकांश पालिका पनि थारू बाहुल्य नै रहेका छन्। यद्यपि थारूहरू चार पालिकामा मात्रै नेतृत्व तहमा आएका हुन्।
Facebook Comment