फोनिज कैलालीको अध्यक्षमा पुनः चौधरी

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) कैलालीको अध्यक्षमा पुनः रामबहादुर चौधरी चयन भएका छन्। फोनिज जिल्ला शाखाको आज धनगढीमा भएको पाँचौं जिल्ला अधिवेशनले सर्वसम्मतले उहाँलाई पुनः अध्यक्षको जिम्मेवारी सुम्पेको हो।

जिल्ला कार्यसमितिको उपाध्यक्षमा अनिता चौधरी, सचिवमा सागर कुश्मी, सहसचिवमा जीवनलाल डङ्गौरा, कोषाध्यक्षमा सन्तोष राना चयन भए। त्यस्तै सदस्यमा कालुराम चौधरी, दशीराम चौधरी, सरस्वती राना, शेरबहादुर चौधरी, जीवन चौधरी, ज्ञानु राना, अर्जुन कठरिया र निर्मला चौधरी चयन भए।

जिल्ला अधिवेशनले १० जना प्रदेश परिषद सदस्य र पाँच जना केन्द्रीय परिषद् सदस्य पनि चयन गरेको छ। प्रदेश परिषद् सदस्यमा रतनलाल चौधरी, गीता चौधरी, छपीलाल चौधरी, दिनेश राना, प्रेमलाल चौधरी, दिलबहादुर चौधरी, ठागुराम कठरिया, रामप्रसाद चौधरी, स्वरूप चौधरी, दिनेश दहित चयन भए।

त्यस्तै केन्द्रीय परिषद् सदस्यमा प्रेम चौधरी, अविनाश चौधरी, मुकेश टेंर्रा, उन्नती चौधरी, रामलखन चौधरी चयन भए। दुई जना केन्द्रीय परिषद् सदस्य पछि थप गरिने अध्यक्ष रामबहादुर चौधरीले जानकारी दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *