अस्ट्रेलियाको सिड्नीमा पाँचौं ‘थारू माघी महोत्सव’, अन्नु चौधरीले प्रस्तुती दिने

अष्ट्रेलियामा बसोबास गर्ने थारूहरूले माघी महोत्सव आयोजना गर्ने भएको छ। अष्ट्रेलियाको सिड्नीस्थित थारू सोसाइटी सिड्नी अष्ट्रेलियाले पाँचौं माघी महोत्सव आयोजना गर्ने भएको हो।

थारूहरूबीच भाइचारा कायम गर्दै समुदायको कला संस्कृतिको जगेर्ना एवं अन्तर्राष्ट्रिय क्षेत्रमा थारू चाडपर्वको प्रवर्द्धन गर्ने उद्देश्यले थारू सोसाइटी सिडनी अष्ट्रेलियाले विगतका चार वर्षदेखि माघी महोत्सव आयोजना गर्दै आएको छ। यसपटक नेपालकै सर्वाधिक चर्चित गायिका अन्नु चौधरीको उपस्थितिले माघी महोत्वमा थप रौनकता आउने सोसाइटीका पब्लिक अफिसर अरुण आर्यन चौधरीले जानकारी दिए।

उनका अनुसार आउँदो जनवरी १४ मंगलबार (थारु सम्बत २६४८, माघ १/माघे सक्रान्ति)का दिन सँझ ५ बजेदेखि राति १० बजेसम्म इन्द्रेणी फन्क्सन सेन्टर रकडेलमा माघी महोत्सव आयोजना हुँदैछ।

कार्यक्रममा अन्नुको प्रस्तुतीसँगै थारूको परम्परागत लाठी नाच, झुमरा नाच र थारू परिकारहरूको स्टल पनि राखिनेछ। पब्लिक अफिसर चौधरीले अष्ट्रेलियामा रहेका थारूसँगै सम्पूर्ण प्रवासी नेपालीहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन्। थप जाननकारीका लागि अरुण आर्यण चौधरीलाई 0401435959 वा संस्थाका अध्यक्ष दीप नारायण चौधरीलाई 0411688798 सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *