माघीमा सुदूरपश्चिम प्रदेशले दियो दुई दिन बिदा
सुदूरपश्चिम प्रदेशमा माघी पर्वको विदा थप गरिएको छ । प्रदेश सरकारले माघीको अघिल्लो दिन पुस २९ गते सार्वजनिक बिदा दिएको हो। थारु समुदायको माघी पर्वको अघिल्लो दिन जिताको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।
पुस अन्तिम दिन थारु समुदायमा बंगुर (जिता) मारेर सामूहिक रूपमा पर्व मनाउने प्रचलन छ। थारु समुदायमा माघी पर्वलाई नयाँ वर्ष मान्ने प्रचलन छ। सो अवसरमा माघ १ गते भने संघीय सरकारले राष्ट्रिय पर्वको रूपमा नै बिदा दिंदै आएको छ।
Facebook Comment