यस्तो देखियो टुँडीखेलको माघी महोत्सव (तस्बिरसहित)
काठमाडौंबासी थारूहरूले टुँडीखेलमा माघी महोत्सव मनाएका छन्। थारूहरूको नयाँ वर्ष माघ १ गते थारूहरूले माघी महोत्सव मनाएका हुन्। महोत्सवका लागि झाकी र्यालीको आयोजना गरिएको थियो। वसन्तपुरबाट सुरू भएको झाकी टुँडीखेलमा आएर सकिएको थियो।
नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले महोत्सवको उद्घाटन गरेका थिए। त्यस्तै संस्कृत राज्यमन्त्री अरुण चौधरी पनि महोत्सवमा सहभागी थिए। कार्यक्रममा कलाकारहरूले सांगीतिक प्रस्तुती पनि दिएका थिए।
हेर्नुस् रजनीकान्त जसराजको लेन्सबाट तस्बिरहरू।
Facebook Comment