पर्यटन राज्यमन्त्री अरुण चौधरीको मुद्दा खारेज

सर्वोच्च अदालतले कैलाली-२ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरीको योग्यता विवादसम्बन्धी मुद्दा खारेज गरेको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीहरू सपना मल्ल प्रधान, कुमार रेग्मी,हरिप्रसाद फुयाल र डा.मनोजकुमार शर्मा सम्मिलित संवैधानिक इजलासले बुधबार पर्यटन राज्यमन्त्रीसमेत रहेका चौधरीविरुद्धको मुद्दा खारेज गरेको हो।

अधिवक्ता वसन्त जोशीले चौधरीले फौजदारी मुद्दामा कैद बाँकी नै रहेको अवस्थामा ढाँटेर उम्मेदवारी दर्ता गराएकाले सांसद पद खारेजीको माग गर्दै २०७९ चैत्र १६ गते सर्वोच्चमा रिट दायर गरेका थिए। निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संघीय संसद सचिवलाय,राष्ट्रपति कार्यालय र अरुण कुमार चौधरीलाई रिट निवेदनमा प्रतिवादी बनाइएको थियो।

कैलालीको गोराङगा खोलाबाट दोहन गरेर ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा २०६६ भदौ ३ गते आगजनी भएको थियो। त्यसबेला भएको आन्दोनलमा ट्याक्टर जलाइए पनि रिसबी साध्नका लागि १५ वर्षपछि मुद्दा दायर गरिएको चौधरी पक्षका नेता कार्यकर्ताले बताउँदै आएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *