प्रचण्डले मर्निङ वाकमा खाए ढिक्री, थारू सङ्ग्रहालयको गरे तारिफ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले थारु परिकार ढिक्रीको स्वाद लिएका छन्। दाङ पुगेका प्रचण्डले शनिबार मर्निङ वाक गर्ने क्रममा थारु समुदायको परिकार ढिक्रीको स्वाद दिलएका हुन्।

दाङको घोराही-धारापानीमा मर्निङ वाकपछि प्रचण्डले नेता तथा कार्यकर्ताको साथमा बसेर ढिक्री खाएका छन्। थारु समुदायको परिकार ढिक्री कुनै चाडपर्व र समारोहमा बनाउने गरिन्छ।

थारू सङ्ग्रहालयको अवलोकन

यसैबीच प्रचण्डले दाङको दङ्गीशरण-३ चखौरामा रहेको थारू सांस्कृतिक सङ्ग्रहालयको अवलोकन गरेका छन्। उनले सङ्ग्रहालयको अवलोकन गर्दै दक्षिण एसियाकै राम्रो र महत्त्वपूर्ण सङ्ग्रहालय रहेको बताए। उनले सङ्ग्रहालयले पर्यटन, प्रवर्द्धन, थारू संस्कृतिको संरक्षण, इतिहासको संरक्षण र प्रवर्द्धनमा ठूलो योगदान र भूमिका खेल्ने बताए।

सङ्ग्रहालयको महत्त्व र स्थापनाको विषयमा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले जानकारी गराएका थिए। चौधरीले थारूहरूको इतिहास जीवन्त राख्न सङ्ग्रहालयको परिकल्पना गरिएको बताए। सङ्ग्रहालयको अवलोकनपछि पूर्वमन्त्री रेखा शर्माले थारूको इतिहास र संस्कृति, लचलन, रहनसहन रीतिरिवाज दर्शाएको बताए। उक्त सङ्ग्रहालयमा देशैभरका थारू समुदायको कला, संस्कार, संस्कृति, परम्परा झल्किने खालका वस्तु राखिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *