मोटरसाइकल दुर्घटनामा अनुपकुमार थारूको मृत्यु, दुई घाइते

बाँकेको कोहलपुर नगरपालिका २ बर्दहवा नजिकै मोटरसाइकल दुर्घटना हुँदा कोहलपुर १५ का अनुपकुमार थारूको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बिहीबार राति विवाहबाट घर फर्किने क्रममा मोटरसाइकल दुर्घटना हुँदा भे१२प ४२६८ नम्बरको मोटरसाइकलमा सवार रहेका थारूको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

घाइते हुनेमा कोहलपुर नगरपालिका-१५ चौधरीयाका इसम थारु र जीवन थारू छन्। घाइतेहरूको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *