बर्दियाका कृष्ण थारूलाई टीएफए अमेरिकाको आर्थिक सहयोग

अमेरिकी संस्था थारूज एण्ड फ्रेन्ड्स एसोसिएसन (टीएफए)ले बर्दिया बाँसगढीका कृष्ण थारूलाई आर्थिक सहयोग गरेको छ। पत्रकार सन्तोष दहितले हिमाल खबरमा प्रकाशित ‘अदालतमा दुई सय रुपैयाँ तिर्न नसक्दा छोरा जेल गएपछि रातभर सुत्नै सकिनँ’ शीर्षकको रिपोर्टका आधारमा उक्त सहयोग उपलब्ध गरिएको हो।

टीएफएले बर्दिया बाँसगढी नगरपालिका-३, लखनाका कृष्ण थारूलाई १३,१२४ रुपैयाँ सहयोग पठाएको थियो। उक्त रकम पत्रकार सन्तोष दहितले अधिवक्ता एवं अगुवा ठाकुरसिंह थारूको उपस्थितिमाकृष्ण थारूका बुबा ज्ञानसिंह थारूलाई हस्तान्तरण गरेका थिए। टीएफएका संस्थापक अध्यक्ष त्रिभुवन चौधरीलगायतले आर्थिक संकलन गरी सहयोग उपलब्ध गराएको अध्यक्ष सुरेन्द्र चौधरीले बताए।

कृष्ण थारू लागुऔषध सेवनको आरोपमा गत असार ३० गते पक्राउ परेका थिए। तीन महिनापछि असोज १५ गते जिल्ला अदालत बर्दियाले उनलाई २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर, उनले धरौटी बुझाउन नसक्दा जेल चलान भएका थिए। त्यसपछि पुस १७ गते न्यायाधीश डल्लुराम चौधरीको इजलासले बकपत्र गर्न आदेश दिएको थियो। पुस १८ गते न्यायाधीश मनोज श्रेष्ठको इजलासमा बयान र बकपत्र सकिएपछि पुस २४ गते फैसला आएको थियो। अदालतले थारूलाई रिहा गर्ने आदेश दिए पनि राहत पीडित कोषमा दुई रुपैयाँ बुझाउन नसक्दा उनी पुनः एक दिन चौधरी कारागार चलान भएका थिए। थारूको तर्फबाट अधिवक्ता ठाकुरसिंह थारुले निःशुल्क कानुनी सहायता प्रदान गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *