थारू भाषाको पत्रिका लौव अग्रासन र दुई थारू पत्रकार पुरस्कृत

थारु पत्रकार संघ, नेपालले एउटा संस्था र दुई जना पत्रकारलाई परस्कृत गरेको छ। शनिबार सम्पन्न संघो छैटौं महाधिवेशनमा दाङमा सञ्चालित थारु भाषाको साप्ताहिक पत्रिका लौव अग्रासनलाई जोखन-जगत रत्गैया स्मृति पुरस्कार २०८१ बाट सम्मान गरिएको हो।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले लौव अग्रासन साप्ताहिकका सम्पादक सन्तोष दहितलाई ३० हजार रुपैयाँ र कदरपत्र प्रदान गरेका थिए। लौव अग्रासन १७ वर्षदेखि निरन्तर थारु भाषामा प्रकाशित हुँदैआएको छ।

त्यस्तै सतौन स्मृति पत्रकारिता पुरस्कार दिनेश चौधरीलाई प्रदान गरिएको छ। कार्यक्रममा मन्त्री चौधरीले २५ हजार रुपैयाँ र कदरपत्र प्रदान गरेका थिए। त्यस्तै संघले उर्मिला गम्वा थारुलाई ओएसिस पत्रकारिता पुरस्कार २०८१ प्रदान गरेको छ। नगद १० हजारसहित कदरपत्रले गम्वालाई सम्मान गरिएको हो।

त्यस्तै कार्यक्रममा गायक विकास चौधरीलाई सतौन स्मृति प्रतिभा प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो। मन्त्री चौधरीले गायक थारुलाई उक्त पुरस्कार प्रदान गरेका हुन।




Leave a Reply

Your email address will not be published. Required fields are marked *