चैत १ गते बिदा दिन चितवनका थारूहरूको माग

थारु समुदायले मनाउने फागु पर्व यो वर्ष चैत १ गते परेको भन्दै सो दिन चितवनमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन थारु कल्याणकारिणी सभा चितवनले माग गरेको छ। सभाले विज्ञप्ती जारी गर्दै यस्तो माग गरेको हो। चितवनलाई पहाडी क्षेत्र मानेर सरकारले होलीको बिदा यो पटक फागुन २९ गतेलाई कायम गरेको भन्दै १ गते विदा दिन सभाले माग गरेको हो।
थारु समुदायको जनसंख्या चितवनमा एक लाखको हाराहारीमा रहेको थारु कल्याणकारिणी सभा चितवनका सभापति ललित चौधरीले बताए। २०७८ सालको जनगणना अनुसार चितवनको कुल जनसंख्याको १० प्रतिशत थारुहरु छन्। पहाडी ब्रम्हण र क्षेत्रीपछि उनीहरु तेस्रो स्थानमा छन्। थारुका अन्य मुख्य पर्वहरुमा बिदा दिने चलन नबसेको र फागुको बिदा पनि कटौती हुनु दुखद भएको ललित चौधरीको भनाइ छ।
Facebook Comment