चितवनका थारूहरूले यसरी मनाए होली

चितवन कालिका नगरपालिका-५ पदमपुरका थारू समुदायले फागु पुर्णिमा पर्व धुमधामका साथ मनाएका छन्। थारू समुदायले बिहीबार चीर दहन गरेपछि शुक्रबार होली मनाउने चलन रहेको छ। शुक्रबार अघिल्लो दिन दहन गरेको चीरको धुलो उडाउँदै हाली खेल्ने र चीरको धुर्हेरी पखालेपछि घरमा विभिन्न परिकार बनाएर खाने गरेका छन्।
फागुको दिन चेलीबेटी बोलाउने र खान पान गर्ने चलन रहेको भिमवली थारू महिला समूहकी अध्यक्ष बालकुमारी चौधरीले बताए। फागुको दिन गाउँका सबै महिला एकै स्थानमा जम्मा भएर एक आपसमा होलीको रंग खेल्ने र ठेकरा नाच लठ्ठी नाच डम्फु नाच र महिलाहरू एकै स्थानमा जम्मा भएर गीत गाउने चलन रहेको उनले बताए।
कला संस्कृती धनी थारू समुदायले फागु पुर्णिमालाई विशेष पर्वको रूपमा मनाउने गरेका छन्। चितवनको बछौली खैरहनी पर्शा पदमपुर मेघौली माडीलगाइतको क्षेत्रमा थारू समुदायको बसोबास रहेका छन्।
Facebook Comment