अन्ततः थाकसले पायो ६ उपाध्यक्ष, केन्द्रीय कमिटी बैठकमा के भयो?

थारु कल्याणकारी सभाले ६ जना उपाध्यक्षको टुंगो लगाएको छ। २३औं महाधिवेशनमा धेरैले उम्मेदवारी दिएपछि उपाध्यक्षमा सर्वसहमति हुन सकेको थिएन। शुक्रबार ६ जना उपाध्यक्षको चयन सर्वसहमतिले भएको निर्वाचन समितिका संयोजक रामराज चौधरीले जानकारी दिए। थाकसको संशोधित विधानको परिच्छेद ४ दफा १३ उपदोा १ को क र आ अनुसार उनीहरूलाई उपाध्यक्षमा पदमा निर्वाचित गरिएको उनले बताए।
उपाध्यक्षमा सर्वसम्मत निर्वाचित हुनेमा सप्तरीङ्का हरिदेवी चौधरी, बाराका हृदय नारायण चौधरी, सुनसरीका पुनितलाल चौधरी, सप्तरीका सावित्री चौधरी, कैलालीका प्रभात कुमार चौधरी र कपिलवस्तुका विश्राम प्रसाद चौधरी रहेका छन्। उनीहरूलाई शुक्रबार नै सपथग्रहरण गराइएको छ।
यसैबीच थाकसको कार्यसमिति बैठक पनि बसेको छ। शनिबार अनामनगरको युनियन हाउसमा बसेको बैठकले थाकसको नीति निर्माण तथा कार्ययोजना प्रस्तुत गरिएको महामन्त्री मिनराज चौधरीले बताए।
उनले काठमाडौंमा थाकसको आफ्नै भवन निर्माणदेखि वार्षिक नीति तथा कार्यक्रमका विषयमा छलफल भएको बताए। त्यस्तै भातृसंस्था र प्रवासमा रहेका शाखाहरुको भोटिङ राइटका विषयमा पनि छलफल भएको बताइएको छ।
Facebook Comment