VIDEO- नाउपा-जनमत एकता पक्का, ढकियामै गर्व गर्न लायक पार्टी बनाउने सीके राउतको उद्‍घोष

पार्टी एकीकरणलाई मुख्य एजेन्डा बनाएर बोलाइको नागरिक उन्मुक्ति पार्टी (नाउपा)को केन्द्रीय कार्यसमिति बैठकमा जनमतका अध्यक्ष सीके राउतले विशेष सम्बोधन गरेका छन्। उनले थारुको पहिचानसमेत रहेको ढकियालाई गर्व गर्न लायक बनाउने उद्‍घोष गरे। ‘तपाईंहरूको सहमति बिना यो एकता सम्भव छैन। सबैको सहमति र सम्मानले मात्रै हामी अन्तरमनदेखि एक हुन सक्छौं। तपाईंहरूलाई म वाचा गर्छु, ढकियामै गर्व गर्नसक्ने पार्टी बनाउँछौं,’ उनले भने। ढकिया नाउपाको चुनाव चिन्ह पनि हो।

त्यस्तै नाउपाका संरक्षक रेशम चौधरीले हातमात्र होइन, मनबाट मिल्न जरुरी रहेको बताए। उनले अध्यक्ष राउतलाई विपक्षी सिटमा बस्न तयार हुन पनि आग्रह गरे। ‘न्याय पाएनौं भने डा. साप संसद भवनको विपक्षीको सिटमा पनि बस्नुपर्ने हुनसक्छ। मन्त्री पद छोडेर सडकमा पनि आउनुपर्ने हुनसक्छ,’ चौधरीले भने।

बैठकपछि अन्नपूर्णसँग कुरा गर्दै अध्यक्ष राउतले नाउपा बैठकमा माहोल राम्रो देखिएको र पार्टी एकता निश्चित भएको दाबी गरे। ‘बैठकमा निकै राम्रो माहोल देखें। दुई पार्टीबीच एकता हुने सम्भवतः निश्चित भएको छ,’ उनले भने। उनले आफू र रेशम चौधरीमा कुनै स्वार्थ नहेकाले पार्टी संरचनामा पनि कुनै विवाद नआउने दाबी गरे। ‘म र रेशमजीमा कुनै स्वार्थ छैन। हामी दुवै जना पदबाट धेरै टाढा छौं। जनताबाट उठेका पार्टी भएकाले हामीबीच कुनै विवाद हुँदैन,’ उनले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *