नागरिक उन्मुक्ति पार्टीले गर्‍यो दुई महत्त्वपूर्ण निर्णय

नागरिक उन्मुक्ति पार्टीको दुई दिन चलेको बैठकले जनमतसँग पार्टी एकीकरणका लाग कार्यदल गठन गरेको छ। प्रतिनिधिसभा सदस्यसमेत रहेका गंगाराम चौधरीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको छ। सदस्यमा सुनिता चौधरी र रामलाल डंगौरा रहेका छन्।

यसअघि फागुन अन्तिम साता बसेको जनमतको केन्द्रीय समितिको बैठकले नाउपासँग पार्टी एकीकरणका लागि कार्यदल बनाएको थियो। कार्यदलमा प्रतिनिधिसभा सदस्य अब्दुल खान संयोजक र डा. शरदसिंह याव र बालगोविन्द चौधरी सदस्य छन्।

त्यस्तै दामोदर पण्डितको संयोजकत्वमा विधान प्रतिष्ठान कमिटी बनाउने निर्णय गरिएको छ। जसमा अधिवक्ताद्वय गीता चौधरी र सरोज बुढाथोकी रहेका छन्। नाउपाको अर्को बैठक वैशाख ३ गते बोलाइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *