नाउपा-जनमतको एकता प्रक्रिया अघि बढ्यो, संयुक्त कार्यदलले बढायो गृहकार्य

नागरिक उन्मुक्ति पार्टी र जनम पार्टीबीचको एकता प्रक्रिया अघि बढेको छ। दुवै पार्टीले बनाएको कार्यदलको संयुक्त बैठक आइतबार बसेको छ। पार्टी पुनर्संचनाका विषयमा छलफल गर्न कार्यदलको बैठक बसेको बताइएको छ।
नाउपातर्फ कार्यदलमा सांसद गंगाराम चौधरी, सुनिता चौधरी र रामलाल डंगौरा रहेका छन् भने जनमततर्फ सांसद अब्दुल खान, डा. शरद सिंह यादव र बाल गोविन्द चौधरी रहेका छन्।
जनमतका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले शनिबार दुई पार्टीलाई एकीकरण गरेर राष्ट्रिय शक्ति बनाउने उद्घोष गरेका थिए। पार्टी एकीकरणलाई मुख्य एजेन्डा बनाएर बोलाइएको नाउपाको केन्द्रीय कार्यसमिति बैठकमा राउतले विशेष सम्बोधन गरेका थिए। विगतमा नाउपासँग एकीकरण नगरेर ठूलो गल्ती भएको उनले स्वीकारे। चुनावकै बेला एकीकरण भएको भए हामीसँग अहिले २०-२१ सिट हुन्थ्यो। त्यतिबेला कसैले राष्ट्रिय पार्टी बन्छ कि बन्दैन भनेर हामीलाई भोट दिएका थिएनन्। उनीहरूले विश्वासको मत दिएका थिए। त्यही बेला एकता हुन सकेको भए ठूलो संख्यामा सिट पनि ल्याउँथ्यौं,’ अध्यक्ष राउतले भनेका थिए।
Facebook Comment