रेशम चौधरी र बाबुराम भट्टराई साँच्चै मिल्दैछन्? भिडियो हेर्नुस्

नागरिक उन्मुक्ति पार्टी र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)बीच एकता हुने विषयले बजार तातेको छ। सीके राउत नेतृत्वको जनमतसँग एकता गर्न अन्तिम गृहकार्य गरिरहेको नागरिक उन्मुक्तिले साँच्चै बाबुराम नेतृत्वको पार्टीसँग एकता गर्दैछ? यस विषयमा संरक्षक रेशम चौधरीले शनिबार केही खुलासा गरेका थिए।

उनले बाबुराम भट्टराईको भनाइ उद्धृत गर्दै भने- ‘प्रस्ट वक्ता र आदर्शवादी व्यक्ति हुनुहुन्छ डा. बाबुराम भट्टराई। रेशमजी, तपाईं र सीकेजी जोडिँदै जानुस् म पछि पछि आउँछु। हामीलाई वरियता चााहिँदै। देशको प्रधानमन्त्री भएको व्यक्तिले पार्टीभित्र प्रोटोकल हैसियत खोज्नुभएन। हामीले उहाँको सम्मान गर्नुपर्छ। उहाँले हामीलाई भन्नुभएको छ। तपाईंहरू टाउको उठाउनुस्। जोडिनपरे म मेरी छोरीलाई पठाइदिन्छु। उहाँले मानुषीलाई पठाइदिनुभएको छ।’

रेशमले आफू प्रवास रहँदा होस् या जेलमा बाबुराम भट्टराईबाट नियमित सहयोग पाइरहेको बताए। उनले अस्पतालमा नेलबाट बाँधिदा पनि बाबुराम भट्टराईले नै त्यो निकाल्न लगाएको बताए। आफू अस्पतालमा रहँदा बाबुराम पत्नी नरिवलको पानी ल्याएर ऊर्जा प्रदान गरेको उनले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *