थाकसको भवन निर्माणको लागि कार्यदल गठन, चैतभित्रै बजेटसहित कार्ययोजना बनाइने

थारू कल्याणकारिणी सभाले जग्गा खरिद तथा भवन निर्माणको लागि कार्यदल बनाएको छ। अनामनगरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले कोषाध्यक्ष चुर्णबहादुर चौधरीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल बनाएको हो।
कार्यदलमा केन्द्रीय सदस्यहरू अधिकलाल चौधरी, खुशीराम चौधरी, पुरनप्रासद चौधरी र पशुपती चौधरी रहेका छन्।
समितिले चैत मसान्तसम्म जग्गा खरिद तथा भवन निर्माणको कार्ययोजना र बजेट तयार गर्नुपर्ने जिम्मेवारी दिइएको छ। उक्त कार्ययोजना अनुमोदन भएपछि यही कार्यदल समितिमा रुपान्तरण हुने थाकसका महामन्त्री मिनराज चौधरीले बताए। भवन निर्माणका लागि जिल्ला सभापतिहरूलाई पनि आर्थिक संकलनका लागि जिम्मेवारी तोकेको छ।
त्यस्तै थाकसको केन्द्रीय सदस्यमा मानबहादुर चौधरी, नेमनारायण सिंह थारु, रुक्मिणी चौधरी, नरेश थारु, बिरेन्द्र चौधरी र डा. मनोज चौधरी मनोनीत भएका छन्।
Facebook Comment