जब १० वर्षीय सिर्जन थारूलाई चितुवाले टिपेर भाग्यो…

बर्दियामा चितुवाको आक्रमणबाट १० वर्षीय बालक घाइते भएका छन्। गुलरिया नगरपालिका-५ बालापुरका सिर्जन थारू चितुवाको आक्रमणबाट घाइते भएका हुन्।

हजुरबुबासँग केराबारीमा सिँचाइ गर्न गएको बेलामा थारूलाई चितुवाले आक्रमण गरेको थियो। हजुरबुबाले केरामा सिँचाइ गरिरहेको र बालक खाटमा बसिरहेको समयमा चितुवाले टिपेर दौडाएको थियो। दिउँसोकै समयमा भएकोले सबै जनाले होहल्ला गर्दा चितुवाले छोडेर भागेको स्थानीयले बताएका छन्।

घाइते बालकको बर्दिया अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको छ। बालकको घाँटीको दुवैतिर र टाउकोमा समेत चोट लागेको हुनाले माथिल्लो अस्पतालमा पठाइएको बर्दिया अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुभाष पाण्डेले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *