थारू विद्यार्थी समाजको अध्यक्षमा गीता चौधरी र बिमल चौधरी भिड्दै

थारू विद्यार्थी समाजको अध्यक्षतामा उपाध्यक्ष गीता चौधरी र बिमल चौधरीबीच प्रतिस्पर्धा हुने भएको छ। नवलपुरको डन्डामा जारी समाजको सातौं महाधिवेशनमा गीता र बिमलबीच अध्यक्ष पदमा भीडन्त हुने भएको हो।
यसअघि धेरै जनाले अध्यक्षमा उम्मेदवारी दिने बताए पनि अन्तिममा गीता र बिमल नेतृत्वको आकांक्षी बनेका हुन्। अध्यक्षबाहेक पदाधिकारीका लागि भने थुप्रै प्रतिस्पर्धीहरू रहेको बताइएको छ। मुख्यतः महासचिवमा धेरै आकांक्षा देखाएका छन्।
शनिबारदेखि सुरू भएको समाजको महाधिवेशनको आज उद्घाटन सत्र सम्पन्न भएको छ।
Facebook Comment