थारु विद्यार्थीको उपाध्यक्षमा दिनेश चौधरी, महासचिवमा चन्द्रप्रकाश

थारु विद्यार्थी समाजको अध्यक्षमा विमल चौधरी निर्वाचित भएका छन्। नवलपरासीको डण्डामा आयोझित समाजको सातौं महाधिवेशनले चौधरीलाई अध्यक्षमा निर्वाचित गरेको हो।
उनले प्रतिस्पर्धी गीता चौधरीलाई ३३ मतान्तरले पराजित गरेका हुन्। विमलले ८१ मत ल्याउँदा गीताले ४८ मत ल्याएकी थिइन्।
त्यस्तै उपाध्यक्षमा बर्दियाका दिनेश चौधरी, नवलपुरका राजकुमार थनेत र नवलपुरकै लक्ष्मी महतो निर्वाचित भइन्। त्यस्तै महासचिवमा सप्तरीका चन्द्रप्रकाश चौधरी, उपमहासचिवमा दाङका अर्नव चौधरी र सुनसरीका सोनम चौधरी र कोषाध्यक्षमा नवलपुरका सन्दीप चौधरी निर्वाचित भएका छन्।
Facebook Comment