अभौतिक सांस्कृतिक सम्पदा संकलनका लागि थाकसले बनायो समिति

काठमाडौं : थारू कल्याणकारिणी सभा (थाकस)ले अभौतिक सांस्कृतिक सम्पदा संकलनका लागि समिति गठन गरेको छ। सभाका सभापति प्रेमीलाल चौधरीको अध्यक्षतामा विभिन्न संघसंस्थाहरूको प्रतिनिधि सहभागी रहेको बैठकले डा. रामबहादुर चौधरीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो।

समिति सदस्यमा पुरुषोत्तम चौधरी (सप्तरी), कुछतनारायण चौधरी (दाङ), बुद्धसेन चौधरी (सप्तरी), मदन चौधरी (बारा), इन्द्रकुमार चौधरी (कञ्चनपुर) र अर्नव चौधरी (दाङ) रहेका छन्। थारू आयोगका कार्यवाहक अध्यक्ष सुवोध चौधरी पनि सहभागी रहेको बैठकले सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्रालयको पत्रबमोजिम अभौतिक सांस्कृतिक सम्पदा सूचीकरणका लागि उक्त समिति बनाइएको सभापति प्रेमीलाल चौधरीले बताए।

संस्कृति मन्त्रालयले अभौतिक सांस्कृतिक सम्पदा कार्यविधि तयार गरेर विभिन्न समुदायको अभौतिक सांस्कृतिक सम्पदाहरूको सूचीकरण तयार पार्दैछ। संस्कृति मन्त्रालयले वैशाख मसान्तभित्र आवेदनको आह्वान गरेको छ। रीतपूर्वक पहिले प्राप्त हुने आवेदनलाई प्राथमिकता दिने संकस्कृति महाशाखाका उपसचिवले जानकारी दिएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *