फाेनिज अध्यक्षमा लक्की चाैधरी निर्वाचित, यस्तो छ ४५ सदस्यीय नयाँ कार्यसमिति

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को अध्यक्षमा गोरखापत्र अनलाइनका निमित्त सम्पादक लक्की चौधरी निर्विरोध निर्वाचित भएका छन्। लुम्बिनीमा सम्पन्न फोनिजको संघीय अधिवेशनबाट चौधरी सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन्।
अर्का अध्यक्षका उम्मेद्वार अमरध्वज लामाले उम्मेदवारी फिर्ता लिएपछि चौधरी अध्यक्षमा निर्विरोध निर्वाचित भए। विगत १६ वर्षदेखि गोरखापत्रमा आबद्ध उनी गोरखापत्र संस्थानको सञ्चालक समिति सदस्यसमेत अुज्। धनगढी-५, कैलाली निवासी चौधरी यसअघि फोनिजको वरिष्ठ उपाध्यक्ष थिए। समाजशास्त्र, राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका चौधरी पत्रकारितामा दर्शनाचार्य (एमफील)मा अध्ययनरत छन्।
फोनिजको अध्यक्षसहितका केही पदाधिकारी निर्विरोध निर्वाचित भए पनि केही पदाधिकारीसहित खुला केन्द्रीय सदस्यका लागि निर्वाचन भएको थियो। अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सरु राना र महिला उपाध्यक्षमा अन्जना शिल्पकार, महासचिवमा समिर बलामी र अल्पसङ्ख्यक सचिवमा लिला दरई सर्वसम्मत निर्वाचित भए।
त्यसैगरी खुला उपाध्यक्षमा विश्वराज तामाङ, कोषाध्यक्ष अर्जुन तामाङ र तीन सचिवमा मिलन गाहा, एमबी मगर र सन्दिप श्रेष्ठ, महिला सचिवमा माया पालुङ निर्वाचनमार्फत चुनिए। सचिवमा आठ जनाको प्रतिस्पर्धा भएको थियो। १५ जना पदाधिकारीसहित ४९ सदस्यीय कार्यसमितिको चयन भएको नवनिर्वाचित सचिव मिलन गाहाले जानकारी दिए।
त्यस्तै सात प्रदेशको इन्चार्जतर्फ प्रदेश १ मा राजेन्द्र दुष्ट, मधेशमा शंकरलाल श्रेष्ठ, बागमतीमा सुरेन्द्र भक्त श्रेष्ठ, गण्डकीमा रुद्र श्रीस, लुम्बिनीमा गजेन्द्र गुरुङ, कर्णालीमा रत्न सुनुवार र सुदूरपश्चिममा राम लखन चौधरी निर्वाचित भए।
सदस्यमा अतित योङहाङ, प्रदिप कुमार चौधरी, प्रज्वल श्रेष्ठ, निरज रञ्जित, अमिर लामा निर्वाचित भए भने संस्थागत सदस्यतर्फ प्रदिप कुमार लेखी, साहिला तामाङ, दान बहादुर गुरुङ, श्याम राना मगर, सुरजवीर बज्राचार्य निर्वाचित भए।
महिला सदस्यतर्फ विनु चेम्जोङ, रत्ना गुरुङ, सरस्वती श्रेष्ठ, प्रतिमा चौधरी, मिक्साङ वाईबा तामाङ, सुप्रिया राई, भूमिका फियाक लिम्बु, रिया आले, अल्पसङ्ख्यक सदस्यद्वयमा संगीता चेपाङ, प्रितम भुजेल निर्वाचित भए।
सदस्यमा विनोद श्रेष्ठ (विदेश), लेखा समितिको संयोजकमा गजेन्द्र राई र लेखा समितिको सदस्यमा प्रविण कुमार गाहा निर्वाचित भए। फोनिज केन्द्रीय कार्य समितिमा १५ जना पदाधिकारीसहित ४९ सदस्यीय कार्यसमितिको चयन हुन्छ। थप चार जना संस्थागत सदस्य मनोनित गरिने उनको भनाइ छ।
Facebook Comment