भुटानी लिग खेल्दै बिर्सना चौधरी

नेपाल पुलिस क्लबका ३ खेलाडीले भुटानी लिग खेल्ने भएका छन्। नेपाल पुलिस टिमकी डिफेन्डर पूजा राना मगर र मिडफिल्डर बिर्सना चौधरी र सम्झना लावतीले भुटानी लिग खेल्ने भएका हुन्।

तीनै जना खेलाडीले ट्रान्सपर्ट युनाइटेड एफसीबाट लिग खेल्नेछन्। राष्ट्रिय टिमकी समेत स्टार डिफेन्डर रहेकी पूजाले दोस्रो पटक भुटानी लिग खेल्न लागेकी हुन्। बिर्सना र सम्झनाले भने पहिलो पटक विदेशी लिग खेल्न लागेको पुलिसका प्रशिक्षक भोला सिलवालले जानकारी दिए। बिर्सना यू१९ राष्ट्रिय टिमकी सदस्य समेत हुन्। उनीहरू आइतबार त्यसतर्फ प्रस्थान गरिसकेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *