अमेरिकामा प्रदर्शन गर्दै मधेशी थारुहरु
मधेश–थरुहटमा जारी आन्दोलनको समर्थनमा आज अमेरिकामा प्रदर्शन हुँदैछ । अमेरिकामा रहेका मधेशी–थारुहरुको संगठनहरुले संयुक्त रुपमा वसिङ्गटन डीसीमा प्रर्दशन गर्न लागेको हो । आन्दोलन सय दिन पुरा गरेको अवसरमा प्रदर्शन हुने आयोजक संस्था मध्येका एक मधेश मानव अधिकारका राम मनोहर साहले बताए ।
यता एशोसिएशन आफ नेपाली तराईयन इन अमेरिका (एन्टा)ले जारी गरेको विज्ञप्तिमा नेपालको नयाँ संविधानको विरुद्ध, मधेशमा भएको मानव अधिकारको हननका विरुद्ध र भारतीय नाका मधेश आन्दोलनका कारण बन्द भएको जनाउन प्रदर्शन हुने जनाएको छ ।
प्रदर्शन अमेरिकी समयअनुसार विहान १० देखि दिउँसो ३ बजेसम्म लाफायते पार्कमा हुनेछ ।
Facebook Comment