सहिद दिलीप चौधरीको सम्झनामा स्मारक स्तम्भ बन्दै
![सहिद दिलीप चौधरीको सम्झनामा स्मारक स्तम्भ बन्दै](https://www.tharuwannews.com/wp-content/uploads/2021/09/fattepur-saptari1.jpg)
पञ्चायती व्यवस्थाविरुद्ध लडेका सहिद दिलीप चौधरीको सम्झनामा स्मारक स्तम्भ बन्ने भएको छ। करिब एक लाख रुपैयाँमा बन्ने स्मारक स्तम्भको निर्माण कार्य सुरु भइसकेको नेता राजकुमार लेखीले बताएका छन्। स्तम्भ निर्माण कार्य भदौभित्रै सकिने उनले बताए।
यस निर्माण कार्यमा आर्थिक साहयताका लागि प्रतिष्ठानले आह्वान गरेको छ। आर्थिक साहयता गर्नेहरुको विवरण असोज २ गते सार्वजनिक गरिनेछ। त्यस्तै दिलीप स्मृति प्रतिष्ठानको सक्रियतामा अभियानकै रुपमा सहिद दिलीप सभा भवनसमेत निर्माण गर्ने बताइएको छ।
सप्तरीको फत्तेपुरमा जन्मिएका सहिद दिलिप चौधरी विसं २०४२ सालमा शब्यापीरुपमा भएको बम काण्डको आरोपमा काठमाडौको ल क्याम्पसबाट पक्राउ परेका थिए। पक्राउलगत्तै उनको हत्या गरिएको थियो।
दिलीप स्मृति प्रतिस्ठानले कात्तिक ६ गते एक समारोहका बीच दुई जना पत्रकारलाई दिलीप स्मृति पुरस्कारसमेत प्रदान गर्ने बताइएको छ। पुरस्कारको राशि जनही ११ हजार हुने प्रतिष्ठानले जनाएको छ।
Facebook Comment