भूमिपुत्र थारू मुख्यमन्त्री बनेको दिन, दासताविरुद्ध लडेका डिल्ली चौधरी
कुनै बेला डिल्लीबहादुर चौधरीको परीवार जमिन्दारको घरमा कमैया बसेको थियो। पढाइ लेखाइ उनको समुदायमै आकाशको फलजस्तै थियो। चौधरी समुदायका उनै मान्छे अर्थात डिल्लीबहादुर चौधरीको यात्रा प्रदेश नेतृत्वसम्म पुगेको छ। लुम्बिनी प्रदेशका पर्यटन ग्रामिण तथा सहरी विकास मन्त्रीको रुपमा प्रदेश सरकारका डेढ वर्ष काम गरेका चौधरी यस वर्षको निर्वाचनबाट मुख्यमन्त्रीको लाइनमा पुगेका हुन्।
२०४२ साल देखि राजनीति र सामानिक सेवामा सक्रिय चौधरी भारी मतान्तर सहित यस पटक दाङ निर्वाचन क्षेत्र नं ३ (१) बाट प्रदेश समा सदस्यका लागि दोस्रो पटक निर्वाचित भएका हुन । अहिले लुम्बिनीको नेतृत्वमा पुगेका छन्।
चौधरीले थारु समुदायसहित अन्य अल्पसंख्यक गरिबीको रेखामुनी रहेका नागरिकलाईसमेत शिक्षाको लागि विभिन्न अभियान सञ्चालन गर्दै आएका व्यक्ति हुन्।
धर्ती पुत्र मानिने तर, पछाडि पारिएको समुदाय थारु होस वा अन्य गरिबी र अशिक्षाको रेखामुनी बाँचि रहेका समुदायलाई शिक्षाको पहुँचमा पुर्याउन र शिक्षाको ज्योती फैलाउन उनले महत्वपूर्ण काम गरे। रात्री शिक्षाको माध्यमबाट चौधरीले दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगाएतका जिल्लाका लाखौं सीमान्तकृत समुदायलाई ज्ञानको प्रकाश छरेका छन । जसको चर्चा यहाँ मात्रै हैन विश्वभर नै उत्तिकै भइरहेको छ।
कमैया मुक्ति आन्दोलन र थारु समुदायमा शिक्षाको दियो वाल्ने उनी वाल अधिकारको क्षेत्रमा पनि क्रियाशिल बने। भारतका वालवचाओ अभियानका कैलास सत्यार्थीसंगको सम्वन्धका कारण उनी वालवालिकाको शिक्षाका क्षेत्रमा पनि क्रियाशिल भए।
१७ वर्षको कलिलो उमेरमा नै डिल्लीबहादुर चौधरीले नेपालको सामाजिक, राजनीतिक र आर्थिक रुपमा विपन्न तथा पिछडिएका जनताको उत्थानको लागि संगठन बनाएर आफ्नो जीवनकालको महत्वपूर्ण कामको सुरुवात गरे । नेपालको तत्लो तराई क्षेत्रमा बसोबास गर्ने, राज्यको सेवा र स्रोतका साथै विविध पक्षले बञ्चितीकरणमा परेका आदिवासी थारु र पछिपरेका अन्य समुदायमा केन्द्रित भएर कार्यलाई अगाडी बढाइरहदा उनको कामले नेपाल र नेपाल बाहिरका विभिन्न क्षेत्र तथा देशमा पनि सकारात्म प्रभाव पारेको देखिन्छ।
राजनीतिक परिवर्तन, पिछडीएका समुदायको सशक्तिकरणमा जुटेका चौधरीलाई तत्कालिन निरंकुश पञ्चायत शासन ब्यवस्थाले देशद्रोही भएको आरोप लगाउदै प्रहरी हिरातमा पनि धेरै पटक राखेको थियो।
पुरस्कार र सम्मान
डिल्लीबहादुर चौधरीको कामको राष्ट्रिय तथा अन्तिराष्ट्रिय मान्यतामा निम्न पुरस्कारहरु समावेश छन् । उनले अशोका फेलोशिस अवार्ड, संयुक्त राज्य अमेरिका (१९९२), रिवोक अन्तराष्ट्रिय मानवअधिकार पुरस्कार, संयुक्त राज्य अमेरिका (१९९४) सो पुरस्का अमेरिकी भूतपूर्व राष्ट्रिपती जिमि कार्टरबाट प्राप्त भएको हो । द एन्टिस्लेभरी इन्टरनेशनल अवार्ड, यूके (२००२) दासता विरुद्ध काम गरेवाफत प्राप्त गरेका चौधरी नेपाल सरकारबाट पुरस्कृत २ पुरस्कारहरुः सुप्रवल गोर्खा दक्षिण बाहु तेस्रो (१९९४) र सुप्रबल गोर्खा दक्षिण बाहु त्रिशक्ति पट्ट (२००४) तथा राम कृष्ण जयदयाल हार्मनी अवार्ड, भारत (२००३)दिल्लीका तत्कालीन मुख्यमन्त्रीबाट प्राप्त गर्ने सामाजिक अभियन्ता हुन् ।
संसदीय यात्रा र काम
दाङ निर्वाचन क्षेत्र नं ३ ( १) बाट प्रदेशसभा सदस्यमा निर्वाचित चौधरीको प्रदेशको नेतृत्वगर्ने ठाउम पुगेका छन्। सामाजिक अभियन्ताका रुपमा चिनिएका चौधरी संघीय सांसद एक पटक भएका छन । उनी राजनितिमा संसदीय राजनितिमा २०७०मा तानिए । २०७०-०७४ का संविधान सभा सदस्यको रुपमा रहे । सोहि समयमा उनी श्रमराज्य मन्त्रीको पनि भुमिकामा रहे । बैदेशिक रोजगारलाई सहज र व्यवस्थीत बनाउन पनि चौधरीको छोटो समयमै अर्थपुर्ण योगदान रह्यो । दोस्रो पटक प्रदेश सभामा निर्वाचित उनी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुगेका छन्।
यस अघि उनले लुम्विनी प्रदेशको सार्वजनिक लेखा समितिका सभापतिको भुमिका मात्रै निर्वाह गरेनन्, सो पदमा आसिन रहंदा प्रदेश सरकारमा ह्वाइट वडि (सेता गाडी) काण्डलाई उजागर गर्दै कमिशनमा खरीद भएको आफैले चढेको गाडि पनि स्टोरमै फिर्ता गरेका थिए । प्रदेश सरकारको गुमेको झण्डै ६० लाख रुपैया फिर्ता गराएका थिए। दाङलाई राजधानी घोषणा गर्ने र कार्यान्वयन गर्ने सन्दर्भमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन । उनकै कार्यालका राजधानीको पूर्वाधार निर्माणको काम समेत सुरु भएको थियो।
विगतमा थारु नेता मानेर आम थारु जनता थुप्रै थारु नेताहरुलाई जिताए र जितको “बधाई” पनि दिए,
तर अधिक्तर थारू समुदायको पक्षमा काम गरेको पाईएन । त्यसैले माननीय डिल्ली बहादुर चौधरी ज्यू
मुख्यमन्त्री हुनुभएकोमा वहाँलाई मेरो तर्फबाट कांग्रेस नेताको हैसियतमा “हार्दिक बधाई” एवं सफल
कार्यकालको शुभ कामना।