एसईई नतिजा सार्वजनिक, यसरी हेर्नुस् नतिजा
माध्यामिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार २०७९ सालमा लिइएको एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको हो। परीक्षामा २२ हजार ४७५ जना विद्यार्थीले ३.६० देखि ४.० जीपीए ल्याएको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए।
०.८ देखि १.२ सम्म जीपीए ल्याउने २ हजार दुई सय विद्यार्थी रहेका छन्। यस्तै, ३८ हजार ७७० विद्यार्थीले १.२ देखि १.६ सम्म जीपीए ल्याएका छन्। १.६ देखि २ सम्म जीपीए ल्याउने ८८ हजार ४,४७, २ देखि २.४ सम्म जीपीए ल्याउने विद्यार्थी संख्या १ लाख दुई हजार २९३ जना रहेका छन्।
यसैगरी २.४ देखि २.८ सम्म जीपीए ल्याउने विद्यार्थी संख्या ८९ हजार तीन सय ३१ जना रहेको छ। ७२ हजार तीन सय ६२ जनाले २.८ देखि ३.२ सम्म जीपीए ल्याए। ५५ हजार ६९ जनाले ३.२ देखि ३.६ सम्म जीपीए प्राप्त गरेको परीक्षा बोर्डले जनाएको छ।
यसपटक अंग्रेजी,गणित र विज्ञानमा स्तरीकृत प्रश्न सोधिएको थियो। गत चैत १७ गतेदेखि सञ्चालन भएको परीक्षामा ४ लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए।
एसईई नतिजा तल उल्लेखित वेवसाइटबाट हेर्न सकिन्छ।
https://see.ntc.net.np/
http://see.gov.np/
http://neb.gov.np/
Facebook Comment