अरु पार्टीको चुनाव चिन्हबाट उम्मेदवार बन्नुअघि आबद्ध पार्टीबाट राजीनामा दिनुपर्ने

अरु पार्टीको चुनाव चिन्हबाट चुनाव लड्न नपाउने भएको छ। निर्वाचन आयोगले अरु पार्टीको चुनाव चिन्हबाट उम्मेदवार बन्नुअघि आबद्ध रहेको पार्टीबाट राजीनामा दिनुपर्ने व्यवस्था प्रस्ताव गरेको छ।

आयोगको सोमबार बसेको बैठकले त्यस्तो व्यवस्था गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुनै एक राजनीतिक दलको सदस्य रहेको व्यक्ति त्यस्तो दलको सदस्य पद त्याग नगरी अर्को राजनीतिक दलको तर्फबाट उम्मेदवार हुन नसक्ने।’

आयोगको बैठकले निर्वाचन व्यवस्थापनलाई अझ बढी स्वच्छ, निष्पक्ष, सहज र प्रभावकारी बनाउन नेपालको संविधान, सम्मानित सर्वोच्च अदालतबाट भएका निर्देशनात्मक आदेश तथा अन्तर्राष्ट्रिय अभ्यास र विगतका अनुभव तथा पृष्ठ पोषण समेतका आधारमा साविकको निर्वाचन सम्बन्धी कानुनमा परिमार्जन गरी ‘निर्वाचन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ नेपाल सरकार गृह मन्त्रालयमार्फत् संसदमा पेस गर्ने निर्णय गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *